STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिया उद्योगी विरुद्ध आन्दोलन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

आन्दोलनमा उत्रिएका चिया मजदुरले आज झापाको विर्तामोडमा चिया उद्योगीको पुल्ला दहन गरेका छन् ।
 
विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । 
सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको न्यूनतम ज्याला तोके पनि उद्योगीले सो अनुसारको ज्याला नदिएपछि पूर्वका चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा छन् ।
सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक रु ३५० तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई रु ४२ थपेर रु ४२७ तोके पनि त्यो कार्यान्वयनमा ल्याउन चिया उद्योगी नमानेपछि बाध्य भएर मजदुरले उद्योगीको पुत्ला दहन गरेको बताएका छन् । आन्दोलनमा झापा र इलामका मजदुर सहभागी छन् ।
Categorized in राष्ट्रिय