STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

Janjati Khabar – Janjati Khabar | २०८० पौष ३, मंगलबार

उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्।

चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ। 

यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्। भूकम्पबाट जिसिसान काउन्टी सबैभन्दा बढी प्रभावित देखिएको जनाइएको छ।

Categorized in अन्तर्राष्ट्रिय