STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनले नेपाललाई कोरोना रोकथामका सामग्री दिने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २५, शनिबार

चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्ने भएको छ ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री वाङ यीले चीन नेपालको अवस्थाबारे जानकार रहेको भन्दै छिट्टै कोरोना रोकथामका सामग्री हस्तान्तण गर्ने बताए ।

'नेपालमा कोरोनाको अवस्थाबारे चीन जानकार छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पर्ने सामगी तयारी अस्थामा छन् । छिट्टै हामी नेपाललाई हस्तान्त्रण गर्छौँ', उनले भने ।

सरकारको नेतृत्वमा र सबै दलको सहकार्यमा नेपालले कोरोना रोकथाम तथा नियन्त्रणमा सफलता पाउने चीनले विश्वास लिएको पनि उनले बताए ।

दुई साताअघि कोरोना रोकथामका लागि चीन ९ करोड रुपैयाँ हस्ताणन्त्र गरेको थियो । नेपालमा अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि चीनले अनुदानमा सिलिण्डर दिने भएको छ ।

चीनले अनुदानमा दिएको २० हजार अक्सिजन सिलिण्डरलगायतका सामग्री लिन नेपाल एयरलाइन्सको विमान २७ वैशाखमा चीनको राजधानी बेइजिङ उड्दै छ ।

Categorized in राजनीति