STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चेक रिपब्लिककी क्रिस्टिना बनिन् नयाँ मिस वर्ल्ड

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २७, आइतबार

काठमाडौं- ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन्। 

शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन्।

क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन्। प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन्।

प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए।

यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए। भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो। प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वर्ल्ड २०१३ मेगन यङ थिए।

Categorized in रोचक