STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो । तालीमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई समाचारको ढाँचामा बदल्न सक्ने कैलाश–७ का आइतसिंह चेपाङले बताउनुभयो । तालीमका अर्का प्रशिक्षार्थी नेत्र चेपाङका अनुसार यो तालीमले यहाँको रेडियोमा बोल्ने सपना पूरा गर्न भूमिका खेल्छ । “तालीम लिएपछि हामीले ‘कैलाश सेरोफेरो’ नामक कार्यक्रम तयार पारेका छौँ, अब मनहरि एफएमबाट चाँडै प्रसारण गर्छौँ”, उहाँले भन्नुभयो । तालीममा सहभागी अर्का प्रशिक्षार्थी चित्रबहादुर प्रजा तालीमले आफ्ना मनोभावना व्यक्त गर्ने कला सिकाएको बताउनुहुन्छ । यस्ता तालीमले राज्यको मूल प्रवाहबाट अलग रहेको जाति समुदायलाई मूलधारमा ल्याई देश निर्माणको साझेदार बनाउन मद्दत पु¥याउने बताउनुहुन्छ प्रदेश नं ३ का सांसद ओम घलान । फिलिङ्गो मिडियाले संयोजन गरेको तालीममा पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर, जनता टेलिभिजनका रामकुमार एलन, राससका रिपेश दाहाल, गोरखापत्र दैनिकका शिवकुमार काशी, एभिन्यूज टेलिभिजनका राजन दाहाल, तुखबरका गिरिजा अधिकारीलगायतले प्रशिक्षण दिनुभएको थियो ।
Categorized in राष्ट्रिय