STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चैत्यदेवी सिंह र विजयरत्न लगायतका व्यक्तित्वहरु सम्मानित

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ भाद्र ९, आइतबार

नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गरेकी चैत्यदेवी सिंह र अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर सहित तीन दर्जन कलाकार, खेलाडी, उद्यमी र समाजसेवीलाई शनिवार एक समारोहका बीच लालीगुराँस सम्मान प्रदान गरिएको छ ।

लालीगुराँस कृयसन मिडिया नेपाल, तेजस्वी कला केन्द्र, अोजस्वी मल्टि मिडियाको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख आतिथ्यतामा एक भव्य समारोहका बीच लाली गुरास सम्मान कार्यक्रम २०८१ प्रदान गरिएको हो ।

अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने नारा रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र, सँगीत, खेलकुद, पत्रकारीता, ब्युटीसियन, समाजसेवी तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तीहरुको उच्च कार्यको सम्मान स्वरुप सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका पुर्‍यएका अग्रज व्यक्तित्वहरुसंगै भर्खरै ति क्षेत्रमा प्रवेश गरेर सो क्षेत्रमा राम्रो नाम कमाएका व्यक्तीत्वहरुलाई पनि सम्मान गरिएको थियो । सबै क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रम किर्तीमानी धावक तथा एथ्लेट्स बैकुण्ठ मानन्धर, नेपालको पहिलो नेपाली रंगीन चलचित्र कुमारी की नायिका चैत्य देवी सिंह, चलचित्र क्षेत्रकै जिवित अग्रज नायक मध्यका  विश्व बस्नेत,  लोकगीत सम्राटको उपनामले चिनिने गायक कुमार बस्नेत, नेपालको पहिलो ड्रमर देव राणालाई विशिष्ट सम्मान प्रदान गरिएको यस कार्यक्रममा वरिष्ठ अभिनेता तथा निर्देशक कमल कान्त मैनाली, वरिष्ठ संगीतकार लक्ष्मण शेष, गायक रोज मोक्तान, गायक तथा अभिनेता यस कुमार, वरिष्ठ मेकअप आर्टिष्ट सन्तु तमाङ, अग्रज पत्रकार बिजय रत्न तुलाधर लाई विशेष सम्मान प्रदान गरिएको थियो । 

त्यस्तै वरिष्ठ चलचित्रकर्मी निर्देशक राजु के सि, अग्रज पत्रकार सानु काजी श्रेष्ठ, मोडेल सम्झना बुढाथोकी, हास्य कलाकार गायक राजन चौलागाइ खैराते, कलाकार प्रताप हुमागाई, युवा पत्रकार कुबेर गिरी, संगीतकार राजन राज शिवाकोटी, युवा गायिका अस्मिता अधिकारी, गायिका पूर्णकला बि सि, नव मोडेल आयुश्मा कार्की, गायक आयुस परियार, संगीतकार मदन परियार सुफ्फिक्स, सेक्साफोनिष्ट शिवराज गौतम, तेक्वाण्डो खेलाडी नन्दा बस्याल, भलिबल खेलाडी तथा कोच दिपक थापा, कराते खेलाडी ज्ञानेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का, सिनियर कस्माटोलोजिष्ट मन्दिरा खड्का हायु, युवा व्यवसायी तथा समाज सेवी सन्दिप् महत लगायतलाई सम्मान प्रदान गरिएको थियो ।  

लालीगुराँस कृयसन मिडिया नेपालका अध्यक्ष ईन्द्र बिसुन्के बिन्दासको सभापतित्वमा भएको सो कार्यक्रममा, तेजस्वी कला केन्द्र एण्ड मिडियाको अध्यक्ष तथा कार्यक्रम निर्देशक सुमन कुमार श्रेष्ठ स्वागत मन्तब्य सहित सम्पूर्णमा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख अतिथि माननीय सञ्चार मन्त्री ज्युले कार्यक्रम एकदमै स्तरिय लागेको र राष्ट्रले गर्नु पर्ने काम यो संस्थाले गरेको र आफुले क्याम्पस पढदाको समयमा चलचित्र हेर्दाको समयका नायक नायिका र गायकलाई सम्मान गर्न पाउदा एकदमै खुसी लागेको र यो कार्यक्रम सधैं स्मरणीय रहने भन्दै आयोजक टिमलाई बधाई तथा शुभकामना पनि दिनु भएको थियो । कार्यक्रम उद्घोषणा ओजस्वी मल्टिमिडिया का अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल सुनामले गरेका थिए । 

कार्यक्रममा चलचित्र क्षेत्रका निकै विशिष्ट व्यक्तित्व लगायत संगीत, खेलकुद लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एभरीटाइम, सल्भ एण्ड केयर, अनमोल फ्यासिलिटी क्लिनर्स, प्रोफेस्नल अटोमोबाईल, सुट्मालाको प्रायोजन र केआईसी, औद्योगिक शान्ती नेपाल संस्था, एरिका स्टुडियो, फोटो फेशन स्टुडियो, लालीगुंरास लाईभ दोहोरी इन्टरटेन्टमेन्ट सहयोगी सस्था रहेका थिए ।

Categorized in साहित्य-कला