STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत  जेठ २४ गते  निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् ।
  स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र  दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिनुभयो ।  काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरिरहनुभएका सांसद  रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले  उपचारमा लागेको रु एक लाख ३० हजार  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको बताउनुभयो ।  
उहाँले अस्पतालमा रहेका तीन बिरामीको पनि उपचार जारी रहेको र  उनीहरुको खर्चको विवरण पछि आउने जानकारी दिनुभयो । 
Categorized in अपराध-दुर्घटना