STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छाडा चौपाया व्यवस्थापनको चुनौती

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन, गल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ । 
केही समयअघि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको आग्रह नेपाली सेनाले नमानेपछि नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारबार गरी चौपाया थुन्ने गरिएको उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईंले बताउनुभयो ।
नेपालगञ्जको फुलटेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि सो स्थानमा खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको उहाँले बताउनुभयो । तर यति गर्दा पनि आप्mनो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुन सक्छ रु”, नगरप्रमुख डा धवलशम्शेर राणाको प्रश्न छ । 
नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । बर्सात शुरु हुने समयमा खच्चर कारोवारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन् बल्झिएको छ । 
केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या अचाक्ली बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो । 
Categorized in राष्ट्रिय