STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए । दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा मङ्गलबार १३औँ छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले दलित समुदायको हक अधिकारबारे संविधानमा उल्लेख भएपनि पनि समस्या अझै उस्तै रहेकाले सबै एकजुट भएर समस्या समधान गर्न लाग्नुपर्ने बताउनुभयो । दलित समुदायलाई राज्यको मूलप्रवाहमा नल्याउँदासम्म समृद्धिको यात्रा पूरा हुन समस्या रहेकाले उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले जातीय छुवाछूत हटाउन सबै एकजुट भई अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, नेकपाका जिल्ला सदस्य राजेन्द्र विश्वकर्मा, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, निस्दी गाउँपालिका उपाध्यक्ष सीताकुमारी अर्याल, तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत गोपलप्रसाद बगाले, खुमबहादुर विकलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय