STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छोटो पदयात्रा मार्ग र घरवासलाई प्रवद्र्धन गर्दै हाइकर्स क्लब

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

हाइकर्स क्लब नेपालले पोखरा र आसपासका छोटो दूरीको पदयात्रा हाइकिङ एवं सञ्चालन भएका घरवास कार्यक्रमको प्रवद्र्धन शुरु गरेको छ । पोखरामा क्रियाशील ६० युवा विद्यार्थी तथा व्यवसायीसमेतलाई समेट्दै गठित क्लबले प्रत्येक महीनाको अन्तिम शनिबार एकदिने हाइकिङसहित वरपर सञ्चालित घरवास कार्यक्रमको प्रवद्र्धन गर्न थालेको हो । क्लबले हालसम्म पोखराबाट शान्ति स्तुपा, निर्मलपोखरी, अष्टे«लियन क्याम्प र काहुँकोट धरहरामा प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको क्लबका उपाध्यक्ष एवं हाइकिङ कार्यक्रम संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो । “विशेषगरी पोखरा आसपासका डाँडाकाँडामा एकदिने हाइकिङसहित त्यहाँ सञ्चालित घरवास कार्यक्रमको प्रवद्र्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “प्रत्येक महीनाको अन्तिम शनिबार गरिने यस कार्यक्रममा युवा तथा व्यवसायीको सहभागिता बढ्दै गएको छ ।” यसैबीच क्लबले शनिबार पोखरा महानगरपालिका–११ काहुँकोट धरहरासम्म हाइकिङ सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–३ बाट शुरु भएको एकदिने हाइकिङ १२ किलोमिटरको दूरी पार गरी वडा नं ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको संयोजक रानाभाटले जानकारी दिनुभयो । उक्त अवसरमा काहुँ धरहरा प्रिमियम घरवासको पनि अवलोकन गरिएको उहाँले बताउनुभयो । हाइकिङसँगै घरवासको प्रवद्र्धन गरिनुले गाउँ पर्यटनको विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने गाउँ पर्यटन प्रर्वद्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो । गाउँ पर्यटनको विकासका लागि यस किसिमका गतिविधिका साथै स्थानीय कला, संस्कृति र कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । हाइकिङ नियमित गर्ने योजनाअनुसार आगामी साउन ३२ गते कास्कीको मिर्सासम्म हाइकिङ गर्ने निर्णय भएको संयोजक रानाभाटले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय