STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छ स्थान निषेधित क्षेत्र

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ८, मंगलबार

काठमाडौँ, ८ फाुगन ९रासस० ः जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिप्रकाले आज जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । सूचनाविपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने जिप्रका काठमाडौँले जनाएको छ ।

Categorized in राष्ट्रिय