STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनकवि दुर्गालालको शुभकामना गीत सार्वजनिक हुने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १७, सोमबार

नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समिति ११४१ को आयोजनामा नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठको शुभकामना गीत सार्वजनिक हुने भएको छ ।

नववर्षको उपलक्ष्यमा विश्वव्यापी नववर्ष मनाउने एवं शुभकामना आदानप्रदान गर्न जनकवि श्रेष्ठको शुभकामना गीत सार्वजनिक गर्न लागेको समारोह समितिले जानकारी दिएको छ ।

सो गीत संयुक्त गीतको रुपमा हुने पनि समारोह समितिले जनाएको छ । साथै, गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जानकारी समितिले दिएको छ ।

कोरोना संक्रमणको जोखिम यथावत रहेको अवस्थामा सामाजिक सञ्जालबाट शुभकामना दिन मिल्ने गरी  सो शुभकामना दिन सार्वजनिक गर्न लागिएको हो ।

 

Categorized in साहित्य-कला