STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनगणना २०७८ सार्वजनिक : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १०, शुक्रबार

काठमाडौं - सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना –०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको भन्दा करिब २७ हजारले जनसंख्या घटेको हो ।

बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । जसमा महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरू अविवाहित रहेका छन् जसमा पुरूष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।

त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरू मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरूष र महिलाहरू उनीहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ ।

दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । दश वर्षमुनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।

यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरूषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।

Categorized in राष्ट्रिय