जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार
यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ । गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन् । दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए ।
अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन् । यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु एक लाख छुट्याएको वडाध्यक्ष पुनले बताउनुभयो ।
त्यसैगरी रुकुम ९पूर्व०का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताउनुभयो । भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम ९पूर्व०को पर्यटकीय गन्तव्यको रुपमा चिनाउने बताउनुभयो । आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रुपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय


