STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनयुद्ध दिवसमा दिएकाे सार्वजनिक बिदाको चौतर्फी विरोध

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १, सोमबार

काठमाडाैं - आज फागुन १ गते ,जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले बिदा दिएको छ ।  

माओवादीले ०५२ सालमा आजकै दिन (फागुन १ गते) सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । करिब १० वर्षसम्म चलेको द्वन्द्वमा परी सरकार र माओवादी पक्षबाट गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक बिदा दिएपनि त्यसको सर्वत्र विरोध भइरहेको छ।जनयुद्धकाे विदा दिँदा नागरिकस्तर र राज्यपक्षबाटै विरोध भएकाे छ।

गठबन्धन सरकारमा मन्त्रीहरूले नै याे निर्णय प्रति असन्तुष्टि जनाएका छन्। सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने अहिलेकाे परिवर्तनकाे जग माओवादीकाे जनयुद्ध भएकाले त्यसैकाे सम्ममानमा विदा दिने निर्णय भएकाे तर्क गरिन् ।

आसन्न राष्ट्रपतिकाे निर्वाचनलाई लिएर आआफ्नाे दाउ हेरिरहेका मुख्य राजनीतिक दलहरुले चर्काे प्रतिक्रिया दिन सकिरहेका छैनन् । दलहरुले प्रतिक्रिया दिन नसक्ने स्थितिकाे बेला प्रधानमन्त्री पुष्षकमल दाहालले सार्वजनिक विदाकाे निर्णय गराएका हुन् ।

सार्वजनिक विदा धेरै भएकाले घटाउनुपर्ने अभिव्यक्ति दिएकाे एक साता नबित्दै प्रधानमन्त्रीले फागुन १ मा जनयुद्ध दिवसकाे सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

Categorized in राष्ट्रिय