जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलर
Janjati Khabar – Janjati Khabar | २०८१ माघ ३०, बुधबार
काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै कमिटीहरुमा सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताको साथ मनाउन भनेको छ ।
आज (बुधबार) माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् ।
माअोवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । भोलि (फागुन १ गते) माओवादीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस बनाउने तयारी थालेको छ ।
तत्कालनीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा भोलि माओवादीले ३०औं जनयुद्ध दिवस मनाउँदै छ ।
Categorized in राजनीति

