STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर मन्त्री बाँस्कोटा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने जनाउँदै आफूहरु बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने प्रष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरु हुनसक्छन्, पत्रहरु आदानप्रदान हुनसक्छन्, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अग्र्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।” उहाँले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिनुभयो । मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उहाँको जवाफ थियो– “यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो ।”
Categorized in राष्ट्रिय