STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १५, आइतबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छिन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । 

शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेकी थिइन्।संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाइ पुन: नियुक्त गर्नकै लागि प्रधानमन्त्री देउवाले साे मन्त्रालय आफैं सम्हाल्दै आएका थिए ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए।

आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। नेकपा एमालेले भने शर्मालाइ पुनः अर्थमन्त्रीमा नियुक्त गर्न नहुँनेमा जाेडदिँदै आएकाे छ ।  उसले संसदीय छानबिन समितिकाे प्रतिवदेन पनि अस्वीकार गरेकाे छ ।

Categorized in राजनीति