STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो । सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो । जिल्लाका १२ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले मात्र बिदा दिने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय