STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपाबाट अध्यक्ष भट्टराईसहित ९ जना निष्कासित

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३०, बिहिबार

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ ।

बिहीबार वीरगन्जमा बसेकोअध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेकाे हाे ।साथै बैठकले  भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै उनीहरूलाई पदमुक्त गरिएकाे हाे। याे निर्णयसँगै जसपा अाैपचारिक रूपमा टुक्रिएकाे छ ।मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकमा भट्टराइले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका थिए। 

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका थिए ।

 

Categorized in राजनीति