STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३१, सोमबार

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त गरेका थिए।

नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन्। जसपाबाट वनमन्त्रीमा नबल किशोर साह सुडी छन् ।

जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खानलाई राज्यमन्त्रीमा सिफारिस गरेको छ। तर खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ। 

Categorized in राजनीति