STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जाति/भाषाको पहिचानमा प्रदेशको नाम किन राख्ननहुने : बाबुराम भट्टराई

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २१, बुधबार

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाति र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै ट्विटरमार्फत प्रश्न गरेका छन् ।

जाती/भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’

भट्टराई थप प्रश्न गर्छन्, ‘अमेरिकामा अलाक्सा, अरिजोना, उताह आदि, भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

भूपी शेरचनलाई सम्झँदै उनले लेखेका छन्, ‘हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले..!’

Categorized in राजनीति