जाति र जनजाति बिच विभेद कसरी भयो ?
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार
यसरी उत्तर र दक्षिणतिरबाट नेपाल पसेका जातिहरुले यहाँका जनजातिहरुलाई हिन्दू र बौद्ध धर्ममा दीक्षित गर्न थाले । यहाँका नेवारहरु सुरुमा बौद्ध धर्मालम्बीथिए । मल्ल राजाहरुले उनीहरुलाई हिन्दू बनाए । पश्चिमतिरबाट आएका जातिले १५ औं शताब्दीमा लमजुङका राजालाई अपदस्थ गरिदिए भने दक्षिणतिरबाटआएका सेनहरुले मगर राजाहरुलाई हराएर शासन गर्न थाले ।
यसरी भारतको धर्म, रीतिरिवाज र अर्थ व्यवस्थाले ज्ञान लिएर आएका जातिहरुले यहाँ हैकम जमाउन सफल भए । उनीहरुले आफू श्रमसमेत नगर्ने हुँदा त्यसका लागि भारतबाटै अछुत जातका श्रमिक, शिल्पकार, तथा किसानहरुलाई समेत नेपाल भित्रयाए ।
यसरी हिन्दू जातिहरुले आफ्नो जताततै राज्यविस्तार गर्नुका साथसाथै आफ्नो पनि स्थिति मजबुत पार्दै लगे । पूर्वमा मुकुन्द सेनले विजय गरिसकेका थिए भने गोरखामा पनि मगर राज्यलाई विस्थापित गरियो । यसरी तामाङ, राई, गुरुङ र मगर जातिहरुको राज्यसत्ता उनीहरुको हातबाट छिनियो भने पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानबाट बचेकुचेका धिमाल खुम्बु र लिम्बूवानहरुको राज्यभत्ता पनि समाप्त भयो । यस प्रकार नेपालका हिन्दूहरुका सम्पर्कमा रहँदा बस्दा उनीहरुले आफ्ना भाषा, धर्म, संस्कृति, आदि पनि गुमाउँदै गए ।
Categorized in विचार


