जात्रापर्व नभनी घरमै बस्न संस्कृतिविद्को अनुरोध
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार
काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले जीवनरक्षाको लागि अहिलेको समय घरमै बस्न सर्वसाधारणमा अनुरोध गरेका छन् ।
कोरोना भाइरसबाट बच्न स्वस्तिपाठ, जात्रापर्व गर्नुभन्दा पनि विज्ञानले भनेजस्ता उपायहरु अपनाउनु बुद्धिमानी हुने उनले बताएका छन् । जनजाति खबरसँग कुरा गर्दै जोशीले लकडाउनको समय आफ्नै घरमा बस्नु, भीडभाडमा नजानु र साबुन पानीले नियमित रुपमा हात धुन अनुरोध गरेका छन् ।
सय वर्षको उमेरमा पनि उति नै सक्रिय रहेका जोशीले आफू स्वस्थ भएको र घरमै आराम गरिरहेको पनि बताएका छन् ।
संस्कृतिमा धनी नेवारहरुको जात्रापर्व धेरै रहे पनि विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसप्रति सजग र अनुशासित हुनुपर्ने तथा आफ्नो ज्यानभन्दा ठूलो अरु नहुने विचार पनि जोशीले पोखेका छन् ।
Categorized in राष्ट्रिय