जापानमा निःशुल्क मास्क बाँड्दै नेपाली
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २८, बुधबार
मार्च ११ बुधबार दिउँसो ४ बजेदेखि निशुल्क मास्क वितरण गरिने कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार शाक्यले जनजाति खबरलाई जानकारी दिएका छन् । आफ्नो कर्मभूमि जापान भएकोले जापानी र जापानप्रति कृतज्ञता जनाउन तथा नेपालीहरु पनि दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना हुनलागेको शाक्यले बताएका छन् ।
यसअघि, सोही कम्पनीले टोकियोमा रहेको एसिएन डाइनिङ बालि गार्डेन रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई मंगलबारदेखि निशुल्क मास्क वितरण गर्दै आएको छ । यसका अलावा बाटोमा हिँड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणको तयारी भइरहेको शाक्यले जानकारी दिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय


