STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानमा भारी हिमपात, १८० मानिस घाइते

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ९, मंगलबार

जापानको राजधानी टोकियोमा भारी हिमपात हुँदा हिउँको बाक्लो पत्र जमेपछि हजारौं यात्रीहरू बाटैमा फसेका छन् । सार्वजनिक यातायात पनि यसैले गर्दा अस्तव्यस्त हुन पुग्यो ।
जापानको मौसम विभागले टोकियोका केही भागमा २३ सेन्टिमिटर हिमपात भएको बताएको छ । यो सन् २०१४ को फेब्रुअरीमा भएको हिमपातपछिको ठूलो हो । सोमवार बेलुका यातायातलाई हिमपातले निकै प्रभाव पारेको थियो । संसारमा सबभन्दा ठूलो जनसंख्या भएको शहरमध्ये एक टोकियोमा लाखौं मानिसलाई कार्यालयबाट घर पुग्न गाह्रो परेको थियो । सरकारी टीभी एनएचकेका अनुसार, कम्तीमा १८० मानिस घाइते भएको र उनीहरू हिउँ भरिएको सडकमा चिप्लिएर घाइते भएको बताएको छ । लगभग ७०० वाहनहरू दुर्घटनाग्रस्त भएका छन् ।
Categorized in राष्ट्रिय