जापानमा भूकम्प
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार
टोकियो, १३ मङ्सिर राससरसिन्ह्वा स् जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५।५ म्याग्नीच्युडको भूकम्प गएको छ ।
यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय