जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १८, सोमबार
जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहनुभएका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुनुहुन्छ । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुनुहुन्छ । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उहाँले अभ्यास गर्दै आउनुभएको छ । उहाँले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल हुनुभएको थियो ।
यसैगरी एक खेल बराबरीमा रोकिएको उहाँको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिनुभयो । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ ।”
सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो ।
Categorized in खेलकुद


