जितु नेपालकाे "आई. एम. जीतबहादुर"को टिजर सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १२, बिहिबार
लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर बिहीबार चैत दशैंकाे दिन सार्वजनिक गरिएको को छ ।भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यो फिल्म आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।हेर्नुहोस् टिजर । YouTube Link https://youtu.be/bCkubFQMOP4?
Categorized in सिनेमा

