STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जित्नेमा आशावादी छु : सिर्जना सिंह

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार

काठमाडौ‍ं - कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले आफूले अझै जित्नेमा आशावादी रहेको बताएकी छिन् ।

बिहीबार दिउँसो मतगणनास्थल राष्ट्रिय सभागृह पुगेकी सिंहले भनिन्,  'हामीले वडामा जितिरहेका छौँ । अझै १ लाखभन्दा बढी मत गन्न बाँकी छ । त्यसैले जित्ने आशा अझै छ ।'

सिंहले मतपरिणामबारे अहिले नै बोल्न हतारो हुने बताइन् । 'मतपरिणामबारे अहिले नै बोल्नु हतारो हुन्छ,' उनले भनिन्, 'सबै गणना सकिएपछि बोल्छौँ ।' सिंहले बाँकी रहेको मत गन्दा राम्रो हुन्छ भन्नेमा आशावादी रहेको पनि बताइन् ।

'मतगणना भइसकेका वडामा हामीले सोचेको भन्दा राम्रो हुनुपर्ने हो । हामीलाई अचम्म लागिरहेको छ किन यस्तो भयो भनेर । के भइरा'को छ भन्ने छलफलपछि मात्रै भन्न सकिन्छ,' उनले भनिन् ।

Categorized in उपत्यका