STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जित्यो इन्टर स्कुल अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरको पोल्टामा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २९, आइतबार

चितवनको भरतपुरमा आयोजित  इन्टर स्कुल  अर्किड एङकरिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका सलिसा आचार्य, अलिसा रिजालको समूहले उपाधि जितेको हो ।

यस्तै फष्ट रनरअपको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि सृजना बोर्डिङ स्कुलका प्रार्थना राना र एनिष सिञ्जाली मगरले जितेका छन् ।

प्रतियोगिताको निर्णायकका रुपमा चितवनका चर्चित अन्र्तवार्ताकारहरु राजु सापकोटा र विप्लव काफ्ले रहेका थिए भने कार्यक्रम संयोजक मनोज पन्तले प्रतियोगिहरुले अन्र्तवार्ता शैलीमा आफ्नो बोल्ने कला प्रस्तुत गरेको बताए । 

अर्किड स्कुलका प्राचार्य डाक्टर खेम आचार्यले एङकरिङ स्टार प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गरेको बताए । विद्यार्थीहरुले विभिन्न विधाका अन्र्तवार्ता शैलीमा प्रतियोगितामा सहभागि बनेका थिए । विजेताहरुलाई आजै शिल्ड सहितको पुरस्कार प्रदान गरिएको छ ।

Categorized in साहित्य-कला