STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ४, बुधबार

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ । साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराउनुभएको छ ।
Categorized in राष्ट्रिय