STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ५, शनिबार

काठमाडौं - सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ।

सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रोक्का गर्न आदेश दिएको हो।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।

यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो। तर राहदानी विभागले पनि राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको थियो।

Categorized in राजनीति