STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेठ ५ गतेसम्म लकडाउन लम्बियो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २४, बुधबार

काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउन यही जेठ ५ गतेसम्मको लागि लम्ब्याइएको छ । यसअघि चैत ११ गतेदेखि लगाएको लकडाउन २५ वैशाखसम्म छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आगामी जेठ पाँच गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको छ । हाल नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
Categorized in राष्ट्रिय