STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ५, आइतबार

दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको सडक निर्माण डोजर ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Categorized in अपराध-दुर्घटना