STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

समाजसेवी भोजराज दाहालले आफ्ना बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । बुबा स्व देवीलाल दाहाल र आमा स्व रमादेवी दाहालको स्मृतिमा कावासोती–८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयमा उहाँले रु ५० लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज गुरुङलाई बुधबार समाजसेवी दाहालले रु एक लाख ५० हजार प्रदान गरी अक्षयकोष स्थापनाको शुरुआत गर्नुभएको छ । कावासोती नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब विपन्न, जेहेन्दार तथा अल्पसङ्ख्यक विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको र यसको शुरुआत भएको समाजसेवी दाहालले बताउनुभयो । “नगरभित्रका कोही पनि बालबालिका आर्थिक अभावकै कारणले पढाइबाट बञ्चित हुन नपरोस् भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो”, दाहालले भन्नुभयो, “यसले सबैका लागि शिक्षा भन्ने नारालाई सार्थक तुल्याउने विश्वास लिएको छु ।” कावासोती नगरपालिकाभित्र रहेका १६ माध्यामिक र २६ आधारभूत तहका विद्यालय गरी कूल ४२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिने समाजसेवी दाहालले बताउनुभयो । आधारभूत तहमा रु एक लाख र माध्यामिक तहका विद्यालयमा रु एक लाख ५० हजारका दरले गरी कूल रु ५० लाखको अक्षयकोष स्थापना गरिने उहाँले बताउनुभयो । नगरपालिकाभित्र रहेका सबै विद्यालयमा शैक्षिकसत्र विसं २०७७ सम्ममा अक्षयकोष स्थापना गरिसक्ने उहाँले दाबी गर्नुभयो ।
Categorized in राष्ट्रिय