STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झडपमा अनेरास्ववियूका संयोजक महरसहित आठ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १८, बुधबार

प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उहाँहरु घाइते हुनुभएको बताउनुभयो । “चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उहाँले भन्नुभयो, “सोही क्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।” सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् । चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् ।
Categorized in अपराध-दुर्घटना