STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झापाका २२ बालबालिकामा अटिज्म 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

 झापाका २२ बालबालिकामा अटिज्मको समस्या देखिएको छ । अटिज्म केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो । 
अटिज्म केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिज्म भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिज्मका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भन्नुभयो, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै अनौठो खालको व्यवहार, लगातार एउटै व्यवहार दोहो¥याउनेलगायतका कार्य गर्ने अवस्था नै अटिज्म हो ।”
उहाँका अनुसार नेपालमा करीब तीन लाख मानिसमा अटिज्मको समस्या रहेको अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “अटिज्म के कारणले हुन्छ अहिलेसम्म पत्तो लाग्न सकेको छैन, अटिज्मको समस्या देखिएका बालबालिकालाई औषधि सेवनबाट पनि निको पार्न नसकिने रहेछ ।”
“मेरी छोरी प्रकृतिलाई पनि यही समस्या छ, उनलाई अटिज्मको समस्या भएको दुई वर्षपछि मात्रै थाहा पाए, यस्तो समस्या भएका बालबालिकाको स्वभाव फरक हुँदो रहेछ” आफ्नै १६ वर्षीया छोरीको उदाहरण दिँदै उहाँले भन्नुभयो,  “हातमा केही वस्तु बोक्न नपाउँदा रुने, कराउने, चिच्याउने, झट्ट हेर्दा जो कोहीले मानसिक सन्तुलन गुमाएको भन्न पछि पर्दैनन्, तर प्रकृतिले न त मानसिक सन्तुलन गुमाइन न त उनको मस्तिष्कको विकास नै भयो ।”
आज अटिज्म दिवसअर्थात् अप्रिल २ अटिज्मका बारेमा समाजमा जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २००८ देखि जनचेतना दिवस मनाइँदै आएको छ । झापामा पनि आज यो दिवस मनाउने तयारी गरिएको अध्यक्ष चुडालले बताउनुभयो । 
Categorized in राष्ट्रिय