STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झीगु सःको समारोहमा दुई संचारकर्मी सम्मानित

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २९, शनिबार

टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सन्चार यात्रा अगाडि बढाइ रहेका दुई जना अग्रज सन्चारकर्मिहरुलाई एक समारोहबीच सम्मानित गरिएको छ । नेपालभाषाको टिभि कार्यक्रम “झीगु सः”(हाम्रो आवाज) को दुई सय भाग पुरा भएको उपलक्ष्यमा लहना मिडियाद्वारा आयोजित सो समारोहमा बागमति प्रदेशका  श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट संचारकर्मि द्वय मीना बज्राचार्य र बिराजकाजी राजोपाध्यायलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सोही समारोहमा सन्चारकर्मि अमर ध्वज लामा बल रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त भएकोले लहना मिडिया द्वारा शुभकामना तथा बधाइ ज्ञापन गरिएको थियो ।

प्रमूख अतिथी माननीय मन्त्री महर्जनले सो समारोहमा आफ्नो मन्तव्य राख्दै , “नेपालको अम्रल्य सम्पदा भनेको नेपालभाषा भाषा र  नेवाः संस्कृति हो । यही कुरालाई ध्यानमा राखेर  बागमति प्रदेश सरकारले नेपालभाषा र तामांग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कानूनी मान्यता दिइसकेको अवस्था छ । यसलाई अब कार्यान्वयनमा ल्याउने जिम्मेवारी हामी सबैको हो ।” भन्ने उदगार पोख्नु भयो।

लहना मिडिया द्वारा आयोजित यस समारोहको सभापति झीगु सः टिभि कार्यक्रमका निर्माता निर्देशक विजयरत्न असंबरेले नेपालभाषाको टेलिभिजन पत्रकारिताको शुरुअाति दिनदेखि को विकासक्रम बारे प्रकाश पारेका थिए भने नेवाः पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन , लहना मिडिया का व्यवस्थापक एवं कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र लहना का अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा  सबिना मानन्धर,लसता जोशी , सानुबाबु महर्जन , सुरज व्यन्जनकार , अमर चित्रकार,अमोघवीर बज्राचार्य,रोजी श्रेष्ठ डंगोलले गायन र शाश्ता बज्राचार्य, उत्पला बज्राचार्य , सम्पदा बज्राचार्य ले नृत्य प्रस्तुत गरेका थिए ।

Categorized in उपत्यका