STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टर्कीको होटेलमा आगलागी : मृत्यु हुनेकाे संख्या ७६ पुग्याे

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ९, बुधबार

काठमाडौं - टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनकाे संख्या ७६ पुगेकाे छ । आगलागीमा ५० जना घाइते भएका छन् । 

बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको  ।  आगलागीकाे समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ । 

दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको बताइएको छ । 

Categorized in अन्तर्राष्ट्रिय