टाैखेलमा हत्या गरी फालिएकाे अवस्थामा एक युवकको शव भेटियाे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
ललितपुर - ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । युवककाे हत्या गरी फालिएकाे हुनसक्ने आशंका गरिएकाे छ ।
स्थानीय राज शाहीले दिएकाे जानकारी अनुसार ३६ वर्षीय अमित शाही मृत भेटिएका हुन् । शाहीका अनुसार बुधबार राती ११ बजेसम्म घरमै रहेका ती युवक अचानक घरबाट बेपत्ता भएका थिए ।
बेपत्ता युवकलाई खाेजी गर्दा घरबाहिर रातीकाे १ बजे मृत अवस्थामा भेटिएकाे थियाे ।
घटनाकाे खबर पाएपछि प्रहरी परिचालित भएको थियो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको जनाइएकाे छ । मृतकको घाँटी र हातमा चोट छ । त्यो चोट बरामद हतियारकै हो/होइन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताए ।
शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हालसम्म घटनामा कोही पनि पक्राउ परेका छैनन् ।
Categorized in अपराध-दुर्घटना