STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टिकटकमाथिको प्रतिबन्ध हटाउन तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ४, मंगलबार

काठमाडौं - सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्।

तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्। ‘टिकटकमाथिको प्रतिबन्ध खोल्नुपर्छ भनेर छलफल भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘यसबारे सबै प्रक्रिया मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिइसकिएको छ।’ 

सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक कारबाही अघि बढ्नेछ। ‘क्याबिनेटबाटै प्रतिबन्ध लगाइएकोले यसको फुकुवाको निर्णय पनि यहीँबाट गर्नुपर्छ होला,’ स्रोतले थप्यो, ‘त्यसका लागि पहिला सञ्चारबाट फुकुवाको प्रस्ताव क्याबिनेट ल्याउने प्रक्रिया अघि बढिसकेको छ।’ 

सञ्चार मन्त्रालयका एक अधिकारीले पनि टिकटक प्रतिबन्ध हटाउने विषयमा छलफल भइरहेको पुष्टि गरे। टिकटकको नेपाल हेर्ने प्रतिनिधिसँग कुराकानी गरेर छिट्टै निर्णय गर्ने योजनामा मन्त्री गुरुङ छन्। 

‘टिकटक खोल्नुपर्ने विषय अहिले छलफलको क्रममा छ,’ स्रोतले भन्यो, ‘कसरी खोल्ने भन्नेबारे निर्णय भइसकेको छैन। टिकटकका प्रतिनिधिसँग अब कुरा गर्छाैँ।’ ओली सरकारले सम्भवतः अबको केही दिनमा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्नसक्ने अधिकारीहरु बताउँछन्।

Categorized in राष्ट्रिय