STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टिकापुरमा उर्लिए तराइको आदिवासी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

कैलाली– टिकापुर घटनाको चार वर्षपछि शनिबार तराईका आदिवासी थारुहरुले टिकापुरमा शक्ति प्रदर्शन गरेका छन् । राज्यको दमन र शोषण खेप्दै आएका थारुहरु शुक्रबार टिकापुरमा भेला भएका छन् । थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी भएका छन् भने उद्घाटन समारोहमा हजारौ थारुहरु भेला भएका छन् । जसमा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईदेखि राजपाका लक्ष्मणलाल कर्ण, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक, किशोर नेपाल, विजयकान्त कर्ण, डा ओम गुरुङ भास्कर गौतम, कुमार लिङदेन, जगत बराम लगायत नेताहरुले सम्बोधन गरेका छन् ।  
Categorized in राष्ट्रिय