STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टिपरबाट खस्दा सहचालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २६, मंगलबार

पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Categorized in अपराध-दुर्घटना