STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टुंगियो सत्ता गठबन्धनको बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ५, मंगलबार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक टुंगिएको छ। बालुवाटारमा बसेको बैठक डेढ घण्टाको छलफलपछि सकिएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बताइएको छ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए। यस्तै  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको पनि बैठकमा सहभागिता थियो ।

यसअघि आजै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। सो छलफलपछि गठबन्धनको बैठक बोलाइएको हो ।

पछिल्लो समय मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकार दबाबमा छ। सत्ता गठबन्धनका दलहरूले मन्त्रालय र मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । 

Categorized in राजनीति