STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टेकुको कनक पेट्रोल पम्पमा विस्फोट, दुईजना घाइते

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २२, आइतबार

काठमाडौं - काठमाडौंको टेकुमा रहेको एक पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकी विस्फोट भएको छ । उक्त विस्फोटमा परी दुई जना घाइते भएका छन् ।

टेकुस्थित कनक पेट्रोल पम्पको ट्यांकीमा विस्फोट भएको हो । इन्धन राख्ने ट्यांकी वेल्डिङ गर्ने क्रममा विस्फोट भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए ।

मट्टितेल राख्ने गरिएको पुरानो ट्यांकी वेल्डिङ गर्ने क्रममा विस्फोट भएको घिमिरेले बताए ।

विस्फोटमा परी पर्साको जगन्नाथपुर गाउँपालिका- ३ का ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका छन् । उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Categorized in अपराध-दुर्घटना