STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोपबहादुर र बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध ५ वटा मुद्धा दर्ता

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ११, बिहिबार

 

काठमाडौं - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा ३० जना प्रतिवादीविरुद्ध ५ वटा मुद्धा दर्ता गरेको छ ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरमा कारबाही गर्न माग गरिएको छ । ३० जनामध्ये हालसम्म १६ जना पक्राउ परिसकेका छन् १४ जना फरार सूचीमा रहेका छन् ।

यस प्रकरणमा पूर्वउपप्रधानमनत्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

Categorized in राजनीति