STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोल–टोलमा अत्यावश्यक सामान बेच्दै साल्ट ट्रेडिङ्ग

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १२, बुधबार

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले लिएको लकडाउनको समय अत्यावश्यक खाद्य सामग्रीको अभाव हुन नदिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपभोक्ताको घरअगाडि नै अत्यावश्यक सामग्री बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दिएको जानकारी अनुसार कर्पोरेशनले मोबाइल भ्यानमार्फत् टोल टोलमा सामग्री विक्री वितरण सुरु गरेको बताइन् । सामान किन्न उपभोक्ताको भीड लाग्ने गरेकोले यसप्रकारको योजना ल्याएको श्रेष्ठले बताइन् । श्रेष्ठले भनिन्, “पसल तथा डिपोहरुमा भीड कम होस् भन्ने उद्देश्यका साथ आज (बुधबार) बालाजु क्षेत्रमा मोबाइल भ्यानबाट अत्यावश्यक सामग्री बिक्री गरेका छौं । यसले उपभोक्ताको घरअगाडि नै विना भीड सामग्री किन्न पाइन्छ ।” अनलाइनमार्फत् पनि सामानहरु बिक्रीको लागि सम्बन्धित कम्पनीहरुसँग कुराकानी भइरहेको र चाँडै अनलाइन बिक्रीवितरण सुरु हुने पनि श्रेष्ठले जानकारी दिइन् । कर्पोरेशनका देशभरमा सञ्चालनमा रहेका पसलहरुबाट पनि अत्यावश्यक सामानहरु बिक्री गरिरहेका छन् । श्रेष्ठले भनिन्, “हाम्रा डिपोहरुमा अत्यावश्यक खाद्य सामग्री खरिदका लागि आएका ग्राहकहरुलाई एक मिटरको दुरीमा राखेर लाइन लगाएका छौं । अत्यावश्यक सामग्रीबाहेकका सामान खरिद गर्न घरबाट बाहिर ननिस्कन पनि सबैमा आग्रह गरेका छौं ।”
Categorized in राष्ट्रिय