STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३०, बिहिबार

पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । साथीसँग खेल्ने क्रममा घरको भ¥याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना