ठमेलबाट ३८ तोला सुनसहित पाँचजना पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २८, आइतबार
काठमाडौं - ठमेलबाठ ३८ तोला सुनसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।
पाँचखालको एक घरबाट ३८ तोला सुन चोरी गरी उनीहरू भागेका थिए ।
महानगरीय प्रहरी वृत्त लैनचौर परिसरका अनुसार ओखलढुङ्गा सिद्बीचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएर हाल काठमाडौं बस्ने २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–१ घर भई काठमाडौं बस्ने २३ वर्षका राम तामाङ, काभ्रे धुलिखेल नगरपालिका ७ घर बौद्ध बस्ने १८ वर्षको हुईबहादुर तामाङ र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर १ का १८ वर्षीय राजन तामाङ चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
Categorized in अपराध-दुर्घटना


